सुनारीको निधनले जनजाति आन्दोलनमा अपुरणीय क्षतिः महासंघ (भिडियो सहित)

जनजाति महासंघका संस्थापक कर्णबहादुर सुनारीको स्मृतिमा शोक सभा





नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपरासीका संस्थापक एवम् पूर्व जिल्ला अध्यक्ष कर्णबहादुर सुनारीको स्मृतिमा शोक सभा गरिएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा शोक सभा गरिएको हो । शोक सभामा नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष ज्ञानबहादुर बोटे, नेवाः देय दबूका केन्द्रिय उपाध्यक्ष हरि श्रेष्ठ, प्रदेश कोषाध्यक्ष भुपराज श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नवलपुरका निर्वतमान अध्यक्ष राम तामाङ ब्लोन, पूर्व जिल्ला सचिव मिन लामा, होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना लगायतको सहभागिता रहेको थियो ।


शोक सभामा खगिसरा गुरुङ, तौबहादुर गुरुङ, गणेशमान महतो लगायतले कर्णबहादुर सुनारीको जीवनी माथि प्रकाश परेका थिए । सुनारीको निधनले जनजाति महासंघको आन्दोलनमा अपूरणीय क्षति पुगेको जनजाति महासंघ नवलपुरले ठहर गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा भएको शोक सभाको सञ्चालन जिल्ला सचिव मदन कुमालले गरेका थिए भने श्रद्धाञ्जली पत्र पनि हस्तान्तरण गरिएको थियो ।

कर्णबहादुर सुनारीको स्मृतिमा नेपाल मगर संघ नवलपुर, नेपाल आदिवासी जनजाति महिला महासंघ नवलपुर, थारुकल्याणकारिण सभा नवलपुर, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद लगायतले शोक सभा गरेको छ ।
त्यसैगरी दुम्किबासमा रहेका विभिन्न स्थानीय संघसंस्थाहरुले पनि सुनारीको स्मृतिमा शोक सभाहरु गरेका थिए । विनयी त्रिवेणी गाउँपालिका २ दुम्किबास सुनटाँडी निवासी कर्णबहादुर सुनारीको उपचारको क्रममा यही चैत्र २६ गते उपचारको क्रममा निधन भएको थियो ।




सम्बन्धित
Loading...