मलामीको कुटपिटबाट घाटका कामदारको मृत्यु





मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एक जना कामदारको मृत्यु भएको छ। सुनसरीको इटहरी उप–महानगरपालिका–४ बुढीखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुई जना व्यक्तिले चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको हो।

मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेतिर मलामी आएका इटहरी उप–महानगरपालिका –४ गैरीगाँउका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।


कुटपिटबाट घाइते भएका बिनोदको उपचारको क्रममा बेदान्त अस्पताल इटहरीमा आइतबारै मृत्यु भएको इलाका प्रहरी इटहरीले जनाएको छ ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान थालेको र फरार रहेका अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...