व्यक्ति हत्या गरेर फरार तीन जना आरोपी पक्राउ





छुरा प्रहार गरेर व्यक्तिको हत्या गरि फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेर फरार भएका दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको हो ।

१ बैशाख साँझ ८ बजे आपसी वादविवादको क्रममा धनजित राईलाई उनीहरुले शरिरको विभिन्न भागमा छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । छुरा प्रहारबाट घाइते राईको घटनास्थलमै मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय खोटाङले फरार रहेका तीनै जनालाई स्थानीय प्रहरीको सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी–१० बाट ३ बैशाखमा पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई कर्तब्य ज्यान कसुरमा अनुसन्धान भइरहेको खोटाड प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...