लक्ष्मी आदर्श आधारभूत विद्यालयमा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम





प्रिय धन–
नवलपुर, १२ बैशाख। लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दु ७ अम्रसामा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

आज बुधबार सशस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराले सडक दुर्घटना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।


सशस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराका सही रमेश प्रसाद यादव र हवल्दार अमित रानाले प्रशिक्षण प्रदान गरेका थिए ।

पछिल्लो समय पैदल यात्रीकै लापरबाहीका कारण पनि बढि दुर्घटना भएकाले यात्रुले बाटो हिंड़दा र बाटो काट्दा अत्यन्त सावधानी अपनाउनु पर्ने प्रशिक्षक रमेश प्रसाद यादवले बताए ।

कतिपय अवस्थामा एक व्यक्ति सही तरिकाले सडकको प्रयोग गरे तापनि अर्कैका कारण समेत दुर्घटनामा परिने भएकाले सजगता अपनाउन प्रहरीको अनुरोध थियो ।

लक्ष्मी आदर्श आधारभूत विद्यालयका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको विद्यालयकका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिए।

प्रशिक्षणका क्रममा विद्यार्थीहरुले सानो ठूलो सवारी साधन मात्र नहेरी गल्ती गरेकालाई कारबाही हुनुपर्ने सुझाव व्यक्त गरेका थिए ।




सम्बन्धित
Loading...