मध्यविन्दु नगरपालिकाले आगलागीबाट क्षति भएकाे घर बनाईदिने





प्रकाश रेग्मी –
नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिका १४ चनाैटेमा दुईदिन अघि आगलागीबाट क्षति भएकाे घर मध्यविन्दु नगरपालिकाले पुर्ननिर्माण गरिदिने भएकाे छ ।

आज घटनास्थलमा राहत सामग्री वितरण गर्न पुगेका नगर प्रमुख भिमलाल अधिकारीले पीडित परिवारसँग कुराकानी गर्दै यस्ताे बताएका हुन् ।


बैशाख १० गते जंगलमा लागेकाे आगो गाउँमा पस्दा यहाँ १२ घरगाेठ जलेर पूर्ण क्षति भएकाे थियाे भने ४ घर पूर्णरूपमा नष्ट भएकाे थियाे ।

मध्यविन्दु –१४ चनौटेमा बैशाख १० जंगलमा लागेर आगो बस्तीमा परेर १२ घर गोठ सँगै ४ घरको पुर्ण क्षेती भएको थियो ।

घटना स्थल पुगेका नगरप्रमुख अधिकारीले पीडित परिवारका बालबालिकाहरुका लागि शैक्षिक सामाग्री र प्रति परिवार एक/एक थान सिरक वितरण गरेका थिए।

आजै नगरपालिकाका इन्जिनियर विवेक पोख्रेल लगायतकाे टोलीले नयाँ घर निमाणका लागि नाप जाँच गरि सकेकाे छ । नगरप्रमुख अधिकारीले छिट्टै घर निर्माण शुरू हुने बताए ।

पीडित परिवारलाई हिजाे मात्र नगर उपप्रमुख पूर्ण कला चौधरी, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती, नेपाल रेडक्रस लगायतका टोलीले स्थलमै पुगेर खाद्यसामग्री, सिरक, लत्ता कपडा, त्रिपाल लगायतका सामाग्री बितरण गरेका थिए ।




सम्बन्धित
Loading...