लायन्स क्लबद्वारा मध्यविन्दुका अग्नीपीडितलाई राहत वितरण


नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १४ चनौटेका अग्नीपीडितहरुलाई लायन्स क्लबहरुले संयुक्त रुपमा राहत वितरण गरेको छ ।




लायन्स क्लब इन्टरनेशनल ३२५ आर को आर्थिक सहयोग र क्लष्टर नं. ७ को समन्वयमा लायन्स क्लब अफ नवलपुर मिडपोइन्ट, लायन्स क्लब अफ नवलपुर डाइनामिक, लायन्स क्लब अफ नवलपुर सप्तरङ्गीको सहकार्यमा राहत वितरण गरिएको हो ।

उनीहरुले लत्ताकपडा, खाद्यान्न, शैक्षिक सामग्री लगायतका सामग्रीहरु वितरण गरिएको देवीमाया घिमिरेले जानकारी दिए ।


राहत वितरण कार्यक्रममा देवी घिमिरे, देवमाया आले, मुना केसी, नारायणी शर्मा, कल्पना श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...