बाघको आक्रमणबाट नवलपुरमा १ जना घाईते


file photo



नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा महतोलाई बाघले आक्रमण गरेको हो ।


घाइते महतोको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । उनको मुख र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको छ ।

उनलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको मध्यविन्दु जिल्ला अस्पतालले जनाएको छ ।




सम्बन्धित
Loading...